Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत् आज आइतबार पहिलो खेपमा तीन लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्रीएको हो ।

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभ्याक्स कार्यक्रम अन्तर्गत् करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइसकिएको छ ।


कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निशुल्क खोप उपलव्ध गराउने लक्ष्य राखेको छ । सोहि अनुसार नेपाललाई ६० लाख बढी खोप निशुल्क उपलब्ध हुन्छ । खोपको माग अनुसार उत्पादन हुन नसकेकोले क्रमिकरुपमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स छ ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गर्नुभएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्