Logo
|
Tuesday 19th March 2024
Logo

epaper

स्वास्थ्य बीमा कार्यक्रम सकसः आकर्षण घट्दो, अझै ९ जिल्लामा पुग्न बाँकि !



जनस्वास्थ्य सरोकार, काठमाडौं । वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको थियो । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ६८ जिल्लामा सुरु भइसकेको छ ।


तर, स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उल्लेखनिय देखिएको छैन । जसकारण सरकारले अघि सारेको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । विमा कार्यक्रममा आकर्षण नदेखिँदा पुनः नविकरण गराउनेको संख्यामा कमि देखिएको छ ।

हालसम्म ३७ लाख तीन हजार नौ सय ६५ जनाले स्वास्थ्य विमा गराएका छन् । नेपालको कुल जनसंख्या तीन करोड दुइ लाख ६५ हजार ६ सय ९५ रहेको छ । कुल जनसंख्या मध्ये १२ दशमलब २३ प्रतिशतले विमा गराएका छन् ।

स्वास्थ्य विमा वोर्डका अनुसार पूर्वी नवलपरासी, काठमाडौं, ललीतपुर, दोलखा, मनाङ, मुस्ताङ र सर्लाहिमा विमा कार्यक्रम पुगेको छैन ।


बीमा गरेका नागरिकले सरकारले तोकेको रोगको निःशुल्क उपचार पाउने छन् । एक हजार एक सय ३३ प्रकारका औषधि, ल्याबलगायत तोकिएका सेवाहरु नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारी स्वास्थ्य संस्थाले सेवामा कन्जुस्याईं गर्दा बीमा गरेका नागरिकले स्वास्थ्य सेवा नपाएको प्रदेश प्रतिनिधिहरुको भनाइ छ । बीमा गरेका व्यक्ति उपचार गर्न जाँदा जनशक्ति, उपकरण र औषधि अभाव जस्ता समस्या दैनिक भोग्दै आइरहेका छन् ।


कैलालीबाट उपचारका लागि विर अस्पताल पुगेका ४६ वर्षीय रविन जोशिले भने, ‘मैले विमा गराएको एक वर्ष भयो । तर, विमा कार्ड देखाउँदा कुनै सेवामा पनि छुट पाएन के गर्नु ? ’ उनले आफूलाई आवश्यक परेको औषधि समेत शुल्क तिरेको बताए ।


नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।


कसरी गर्ने बीमा ?
बीमाका लागि सम्वन्धित जिल्लाका सेवाप्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइन्छ । स्थानीय तहका हरेक वडामा एक जना दर्ता सहयोगी छनोट हुन्छ । जो हाम्रो बीमा एजेन्ट र अभिकर्ता पनि हो। ती सहयोगी घरघरमै जान्छन् ।

तथ्यांक संकलन गरेर बीमामा सर्वसाधरणलाई आवद्ध गराउने काम गर्छन् । त्यही तथ्यांककै आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण हुन्छ । त्यसको केही समयपछि सेवा लिने काम सुरू हुन्छ ।
कार्यक्रममा आवद्ध हुने तरीका….
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष दुइ हजार पाँच सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । अतिरिक्त सदस्यले चार सय २५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेपछि पाइने सेवा सुविधा
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । यद्यपी कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।


प्रतिक्रिया दिनुहोस्