Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड खोप लगाउन पाउँदा जेष्ठ नागरिक दंग ! जे देखियो (फोटोफिचर)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप अभियान आइतबार (आज) देखि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियानको सुरुवात भएको हो ।

यो अभियानमा हिमाली जिल्लामा ५५ वर्षमाथि र अरु जिल्लामा ६५ वर्षमाथिकालाई खोप दिने सरकारी योजना छ । यसअघि सबै जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिने भनिए पनि पर्याप्त खोप नआएका कारण उमेर समूह सीमित गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले यसपटक करिब १६ लाखले खोप लगाउने अनुमान गरेको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका ६५ वर्षमाथिका जेष्ठ नागरिकहरु उत्साहित हुँदै यसरी खोप लगाउँने पालो कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्