Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा थप ६६ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । आइतबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।

हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्