Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली।  भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना बिरामी थपिएपछि कोरोना संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोनाका कारण ९७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८३५ जना पुगेको हो ।

हाल यहाँ लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रिय संक्रमित रहेका छन् भने १ करोड ८ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सुरु भएको हो ।  त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम चलिरहेको छ । गत जनवरी १६ यता २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । रासस–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्