Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

सोमवार ४२ जना संक्रमित निको भएका छन् । हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

मुलुकभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ । हालसम्म ३ हजार ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्