Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव नियुक्त कहिले ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा तर्फको सचिव विहीन छ । पटक पटक स्वास्थ्य मन्त्री फेरीँदा स्वास्थ्य सेवा तर्फको सचिव नियुक्ती गर्ने बताएपनि कार्यान्वयन हुन सकेको छैन ।


सम्वद्ध निकायहरुले स्वास्थ्य मन्त्रालयमा सचिवको नेतृत्व स्वास्थ्य सेवाकै कर्मचारीले गर्नुपाउनु पर्ने माग उठाउँदै आइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि सबैभन्दा बढी उथलपुथल भएको मन्त्रालयका रुपमा चिनिन्छ स्वास्थ्य ।


स्वास्थ्य सेवा तर्फकी सचिव पुष्पा चौधरीले राजिनामा दिएपछि मन्त्रालयमा प्रशासनतर्फका सचिवको मात्र ल्याउने काम भइरहेको छ । स्वास्थ्य सेवा तर्फको पद भने अझै रिक्त नै छ ।
सरकारले स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा सचिवको विवाद सुरु भएको हो । स्वास्थ्य सेवाकी सचिव डा पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन् ।


स्वास्थ्य सेवा तर्फ हाल १२ औं तहमा डा.रोशन पोखरेल, महेन्द्र श्रेष्ठ र डा.दीपेन्द्ररमण सिंह रहेका छन् । उनीहरु मध्ये एक जनालाई सचिवमा नियुक्ती गर्ने भनिएपनि कार्यान्वयनमा आउन सकेको छैन । पटक पटक स्वास्थ्य मन्त्री ह्ृदयेश त्रीपाठीले स्वास्थ्य सेवा तर्फ सचिव नियुक्त गरीने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्