Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०२१—‘मिर्गाैला रोग लागे पनि राम्ररी जिऊ’

११ औं नेपाल प्रत्यारोपण खेलकुद सम्पन्न



आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । सन् २०२१ मा यो दिवस मार्च ११ तारेकमा परेको छ । यस वर्ष जताततै सबैका लागि मिर्गौला स्वास्थ्य—‘मिर्गौला रोग लागेपनि राम्ररी जिऊ’ भन्ने मुख्य नारा तय गरी जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको छ ।


सन् २००६ देखि मनाउन शुरु गरिएको विश्व मिर्गौला दिवसको मुख्य उद्देश्य व्यक्तिलाई मिर्गौला रोगबारे जागरुक गराउने र समस्याको निदान गर्ने नै हो । इन्टरनेशनल सोसाइटी अफ किड्नी डिजिज र इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले लगातार बढिरहेको मिर्गौला रोगलाई मध्य नजर गरेर दिवसका रुपमा मनाउन शुरु गरेको हो । यो इन्टरनेशनल सोसाइटी फर नेफ्रोलोजी एवं द इन्टरनेशनल फेडरेसन अफ फाउन्डेसनको संयुक्त पहलमा भएको हो ।


मिर्गौला रोग एक विश्वव्यापी स्वास्थ्य समस्या हो जसले मिर्गौला विफल गराएर समयभन्दा अगावै मृत्युको मुखमा पु¥याउनसक्छ । क्रोनिक किड्नी डिजिज (सिकेडी) बाट धेरै ग्रस्त छन् । विश्वमा क्रोनिक किड्नी डिजिजका कारण प्रत्येक वर्ष लगभग ६ लाख महिलाको मृत्यु हुने गरेको इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले जनाएको छ ।

सिकेडीको जोखिम पुरुषहरुमा पनि उच्च छ । केही अध्ययनले पुरुषको तुलनामा महिलामा सिकेडीको समस्या बढी हुने देखाएका छन् । मिर्गौला विफल पुरुषको तुलनामा महिलाहरुमा धेरै हुने गरेको छ । महिलाहरुमा औसत १४ प्रतिशत मिर्गौला विफल हुन्छ भने पुरुषमा १२ प्रतिशत मात्र भएको जनाइएको छ ।


यसैबीच विश्व मिर्गौला दिवस २०२१ का अवसरमा स्वास्थ्य अभियान नेपालको आयोजनामा ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा ११ औं नेपाल प्रत्यारोपण खेलकुद, अन्तरक्रिया कार्यक्रम, निःशुल्क मिर्गाैला परीक्षण तथा अंगदान शिविर सञ्चालन गरिएको छ । प्रत्यारोपण खेलकुद अन्तर्गत प्रत्यारोपित तथा अंगदाताको टोली र चिकित्सक, नर्स, पत्रकार, कलाकार, समाजसेवी लगायत टोलीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइएको छ ।

अंग प्रत्यारोपितहरु पनि अरु व्यक्ति सरह स्वस्थ र सक्षम छन् र सबैले अंगदान गर्न सके कोही पनि अंग फेल भएका व्यक्तिहरु अकाल मृत्युको शिकार बन्न पर्दैन भन्ने सन्देश दिन प्रत्येक वर्ष प्रत्यारोपण खेलकुदको आयोजना गरिंदै आएको छ । कोभिड १९ लाई ध्यानमा राखी सवै शुभचिन्तक र विशेष गरी प्रत्यारोपितहरुलाई सामाजिक दुरी कायम गरी भाग लिन आव्हान गरिएको थियो ।

स्वास्थ्य अभियान नेपाल एक सामाजिक संस्था हो । यसले निकट भविष्यमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम ल्याउने तथा मृगौला रोगीहरुको समस्या बारे नीति निर्माता र सरोकारवालाको ध्यान आकर्षित गर्न विशेष अभियान चलाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्