Logo
|
Friday 29th March 2024
Logo

epaper

९७ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बिहीबार ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।

मुलुकभर ९ सय ४२ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ७ हजार ९ सय २२ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्