Logo
|
Thursday 25th April 2024
Logo

epaper

दोस्रो चरणको खोप अभियान: करिब ९ लाख जेष्ठ नागरिकले लगाए खोप



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियानमा हालसम्म करिब ९ लाख जेष्ठ नागरिकहरुले खोप लगाएका छन् ।

गत २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख ९२ हजार ८९१ जना जेष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ५०.०९ प्रतिशत हो ।

खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६, पाँचौ दिन ६४ हजार ९८४ गरी जम्मा ८ लाख ९२ हजार ८९१ खोप लगाई सकेको मन्त्रालयले जनाएको छ ।

दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्