Logo
|
Wednesday 8th May 2024
Logo

epaper

३० वर्ष कटेपछि पाठेघरको पानी, एचपिभी डिएनए टेष्टको जरुरत



डा.प्रीयंका कटुवाल, स्त्री क्यान्सर विशेषज्ञ

जनस्वास्थ्य सरोकार । विदेशमा क्यान्सरको उपचार गराएका तर, फलोअपमा जान नसकेका, पाठेघर, पाठेघरको मुखको क्यान्सर भएका बिरामीहरु आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सर जिनबाट पहिले नै पत्ता लगाउन सकिन्छ ।

सुरुको अवस्थामै पत्ता लगाउन ३० वर्ष नाघिसकेपछि तीन वर्षमा एक पटक पाठेघरको पानीको जाँच गर्दा राम्रो हुन्छ । मल्टीपल सेक्सुअल एक्टीभिटीमा लागेका महिलाहरुको धेरै जनासँग यौन संसर्ग हुन्छ । संक्रमण (इन्फेक्सन) दर उच्च हुन्छ । त्यसैले २१ देखि २९ वर्षसम्म प्याप टेष्ट र ३० वर्षदेखि ६५ वर्षसम्म प्याप अनि एचपिभी डिएनए टेष्ट गर्नुपर्छ ।

कुनै प्यापीलोमा भाइरस संक्रमण भएको महिलासँग सम्पर्कमा बसेको पुरुषले अर्को महिलासँग असुरक्षित यौन सम्पर्क गर्दा भाइरस सर्ने दर उच्च हुन्छ ।

अमेरिकन क्यान्सर सोसाइटीले पाठेघरको मुखको क्यान्सर हुनमा ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमण, धुम्रपान, पटपटक हुने गर्भाधारण, एकभन्दा बढी व्यक्तिसँग गरिने यौन सम्बन्ध एवं वंशाणुगत कारण मानेको छ ।

अतः पाठेघरको मुखको क्यान्सर यहि कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरस ह्युमन पापिलोमा प्रजाति भाइरस यसको प्रमुख कारक मानिएको छ । यसैगरी धेरैजसो शारीरिक सरसफाइमा ध्यान नदिने, धेरै व्यक्तिहरुसँग यौन सम्पर्क राख्ने व्यक्तिलाई भएको पाइन्छ । ह्यूमन पापिलोमा भाइरसले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्छ र यिनीहरुलाई अनियन्त्रित रुपमा बढ्न मद्दत पु¥याउँछ ।

विशेषगरी विहे भइसकेका र यौन सम्पर्क गरिसकेका ३० देखि ६५ वर्ष उमेर समूहका महिला, धेरै बच्चा पाउने,सानो उमेरमा विवाह भएका महिला, परपुरुषसँग धेरै यौन सम्पर्क राख्ने महिला, धुम्रपान मद्यपान सेवन गर्ने महिला, कुपोषण भएका महिला, विभिन्न हर्मोन लिने महिलाहरुमा खतरा हुनसक्छ ।


लक्षण
शुरुमा खासै कुनै लक्षण नदेखिन पनि सक्छ । रोग बढ्दै गएमा योनीबाट पहिलेको तुलनामा धेरै पानी बग्ने,गन्हाउने पानी बग्ने, योनीमा पटक पटक संक्रमण, योनीबाट रगत मिसिएको पानी निस्कने, महिनावारी नभएको समयमा पनि रगत देखापर्ने,पेट फुल्ने, क्यान्सर धेरै फैलिएको अवस्थामा खुट्टा सुन्निने, ढाड तथा कम्मर दुःख्ने, दिसा पिसाबमा समस्या देखिनसक्छ ।

पहिचान/उपचार

बेलैमा सम्बन्धित चिकित्सकसँग जाँच गराउनुपर्छ । ससमयमा प्याप स्मेयर जाँच गराएर यो रोग लाग्ने सम्भावना कति छ ? भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

पाठेघरको पानी झिकेर जाँच गरी क्यान्सर हुने सम्भावना छ कि छैन ? भनी पत्ता लगाउने यो एक बिशेष किसिमको सरल जाँच हो । यसमा गरिने तीन चिकित्सा पद्धतिमध्ये शल्यक्रिया, रेडिएसन थेरापी एवं कीमोथेरापी हो । रेडिकल हिस्टेरेक्टोमीको मद्धतले पाठेघर, ओभरी एवं योनीको माथिल्लो भाग निकालिन्छ । रेडिएसन थेरापीको मद्धतले क्यान्सर सेललाई निश्क्रिय पारिन्छ ।

यसका साथै पाठेघरको मुखको क्यान्सरबाट जोगिन यौन क्रियाकपालका क्रममा एचपीभी संक्रमणबाट बच्नुपर्छ । धुम्रपान गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्