Logo
|
Wednesday 15th January 2025
Logo

epaper

त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकमा सफल कलेजो प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने बालकमा सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । शनिबार राति १२ बजे सकिएको सो प्रत्यारोपण बालकका ३५ वर्षका बुबाले आफ्नो छोरालाई कलेजो दान गर्नुभएको थियो । कलेजो प्रत्यारोपण सर्जन प्रा.डा रमेश सिंह भण्डारीको नेतृत्वमा भएको सो प्रत्यारोपण पाँचौ हो ।

यति कम उमेरको बालकमा त्रि.बि.शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्योरोपण पहिलो भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र अनुरोधमा सो प्रत्यारोपण गरिएको प्रा.डा. भण्डारीले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।

यो प्रत्यारोपणमा भारतको फेर्टिस हस्पिटलबाट ठूलो साथ सहयोग मिलेको उहाँले बताउनुभएको छ । हालसम्म त्रि.बि.शिक्षण अस्पतालमा ५ जनाको सफल कलेजो प्रत्यारोपण सम्पन्न भसकेको छ । कोरोना महामाहारीले रोकिएको प्रत्यारोपण पुनः शुरु भएकोमा खुशी व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्