Logo
|
Thursday 25th April 2024
Logo

epaper

आइतबार ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्