Logo
|
Thursday 25th April 2024
Logo

epaper

मेलानद्वारा सेवा निवृत्त स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई सम्मान



जनस्वास्थ्य सरोकार, काठमाडौ । मेडिकल त्याबोरेटरी एसोसिएसन अफ नेपाल –मेलान) केन्द्रले सेवा निवृत स्वास्थ प्रयोगशालाकर्मीहरुलाई बिदाई एवं सम्मान गरेको छ ।

सम्मान पाउनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विर अस्पताल , ट्रमा सेन्टर, टेकु अस्पताल, कान्ति बाल अस्पतालबाट सेवा निवृत हुनुभएका स्वास्थ्य प्रयोगशालाकर्मीहरु प्रमुख कन्सल्ट्यान्ट व्याथोलोजीष्ट हुनुहुन्छ ।

कार्यक्रममा डा.मुकुन्दा शर्मा, सह–प्रमुख मेडिकल टेक्नोलोजिष्ट डा. विष्णु उपाध्याय र डा. धु्रब कुमार खड्का, वरिष्ठ कन्सल्ट्याण्ट त्याथोलोजिष्ट डा. भरत अमात्य, वरिष्ठ मेडिकल टेक्नोलोजिष्ट उरेन्द्र बहादुर थापा, मेडिकल टेक्नोलोजिष्ट तेज रत्न तुलाधर र प्रेम प्रसाद त्रिपाठी, मेडिकल ल्याब टेक्नोलोजिष्ट निरीक्षक लक्ष्मण महर्जन र रामजी श्रेष्ठ , मेडिकल ल्याब टेक्निसियन निरीक्षक सुशिल कुमार जोन्छे र कृष्ण प्रसाद धिताल ज्यू गरि ११ जना स्वास्थ्य प्रयोगशाला कमोहकलाई स– सम्मान बिदाई एवं कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी कार्यकारी निर्देशक डा. रुणा झा ले कोभिड–१९ व्यवस्थापनमा मेलानले खेलेको उल्लेखनीय भूमिकाको सम्झना गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहकार्य गर्दे अघि बढ़ने कुरा बताउनु भया े। सेवा निवृत भएकाहरुको तर्फबाट डा. मुकुन्दा शर्मा, डा. विष्णु उपाध्याया र डा. ध्रुव खड़काले आफ्नो मन्तब्य को कम्रमा खुशी प्रकट गर्दे आगमी दिनमा प्रयोगशाला क्षेत्रको विकास को लागि आफुहरुले प्राप्त गरेको अनुभव प्रदान गर्दे मेलान सँगै हातेमालो गरी अघि बढ्ने बताउनुभयो ।


कार्यक्रममा मेलानका आजिवन सदस्यलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो ।


मेलानका महासचिव रेशम अधिकारी द्वारा सञ्चालित उत्त कार्यक्रममा मेलानका अध्यक्ष खड्काले स–सम्मान विदाई हुने महानुभावहरु को शुखमय निवृत जीवनको शुभकामना सहित प्रयोगशाला क्षेत्रको विकासको लागि गर्नुपर्ने नीतिगत सुधारको अगुवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गर्नुपर्ने र त्यसमा सांगठिक रुपमा मेलानले निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा , विशिष्ट अतिथि प्रमुख मेडिकल टेक्नोलोजिष्ट लिली श्रेष्ठ , अतिथिहरुमा सिनियर कन्सन्टेन्ट प्याथोलोजिष्ट डा. रेखा मानन्धर र सह प्रमुख मेडिकल टेक्नोलोजिष्ट ज्योती आचार्य रहनु भएको कार्यक्रमको अध्यक्षता मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्