Logo
|
Thursday 23rd January 2025
Logo

epaper

अछाममा स्वास्थ्य बीमामा आवद्ध हुनेको सङ्ख्या ५९ हजारभन्दा बढी 



नेपाल हेल्थ न्युज, अछाम । अछाममा स्वास्थ्य बीमामा आवद्ध हुनेको सङ्ख्या ५९ हजार ३१ पुगेको छ ।  जिल्लामा हालसम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ५९ हजार ३१ रहेको स्वास्थ्य बिमा बोर्ड अछामले जनाएको छ । 

स्वास्थ्य बीमामा आवद्ध हुनेमा सबैभन्दा बढी साँफेबगर नगरपालिकाका रहेका छन् भने कम चौरपाटी गाउँपालिकामा रहेको छ । साँफेबगरमा बिमितको सङ्ख्या ११ हजार ५४ छ भने चौरपाटीमा बिमितको सङ्ख्या २ हजार ७ सय २१ रहेको छ । 

त्यस्तै, मङ्गलसेन नगरपालिकामा ८ हजार २१, तुर्माखाँद गाउँपालिकामा ८ हजार ४ सय ३१, कमलबजार नगरपालिकामा ६ हजार ५ सय १२, पञ्चदेवल विनायक नगरपालिकामा ५ हजार ६ सय १४ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यस्तै रामारोशन गाउँपालिकामा ४ हजार ६ सय ९८, ढकारी गाउँपालिकामा ४ हजार ६ सय २१, मेल्लेख गाउँपालिकामा ३ हजार ५ सय ९० र बान्नीगढी जयगढ गाउँपालिकामा ३ हजार ३ सय १९ जना स्वास्थ्य बिमामा बिमित रहेका छन् । 

पालिकाहरूको जनसङ्ख्याको आधारमा भने यो सङ्ख्या कम हो । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पालिकावासीलाई स्वास्थ्य बिमामा आवद्ध गराउन थप पहल गर्नुपर्ने देखिन्छ । 

स्वास्थ्य बिमामा आवद्ध भएमा ३ हजार ५ सय रुपैयाँ प्रिमियमले एक घर परिवारको ५ जना सदस्यले १ लाख सम्मका उपचार शुल्क पाउन सकिन्छ भने ५ जनाभन्दा बढी परिवार सदस्यका लागि ७ सय थप शुल्क लाग्ने गरेको स्वास्थ्य बिमा बोर्ड मङ्गलसेनका कर्मचारी तारामान केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्