Logo
|
Saturday 20th April 2024
Logo

epaper

यस्ता छन् आयुर्वेदका पाँच प्रभावकारी फाइदा, जानौँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रकृतितर्फ फर्कन प्रोत्साहित गर्ने यस युगमा आयुर्वेद एक किसिमको आधारभूत औषधि उपचार हो । जसमा मानिसहरू पछिल्लो समय बढी आकर्षित हुन थालेका छन् ।

यदि संतुलित र पौष्टिक आहार, मसाज, प्राकृतिक जडीबुटीको प्रयोग र हल्का किसिमको योगासनको संयोजनलाई नियमित गरियो भने आयुर्वेदको एक क्लासिक प्याकेज पूरा हुन्छ । आयुर्वेदका ५ फाइदाहरू यहाँ उल्लेख गरिँदैछ जुन शरीर र दिमागको सम्पूर्ण स्वास्थ्य सुधार गर्नको लागि सहायकसिद्ध छ । यसका अलावा मान्छेलाई फिट राख्न समेत मद्दत गर्छ ।

आयुर्वेदले मान्छेलाई ऊर्जावान बनाउन मद्धत गर्छ

के तपाईं दिनको कामका कारण साँझमा थकित या शरीरमा ऊर्जा हराएको महसुस गर्नुहुन्छ रु वा बिहान उठेपछि तपाईंले आफैँलाई फ्रेस भएको महसुस गर्नुहुन्न रु तपाईंको योग, जिम आदि अध्यासका तालिकाहरू यही कारणले पनि बिग्रिइरहेको हुन सक्छ । धेरै जना मान्छेहरू चिया, कफी वा स्टेरोइडलाई बिहानको निद्रा हटाउने समाधानको रूपमा लिन्छन् । तर त्योभन्दा उत्तम विकल्प आयुर्वेदिक जडीबुटी हो । जसले तपाईंको शरीरलाई सधैं ऊर्जावान बनाउँछ । अश्वगन्धा, ब्राह्मी र तुलसीले मान्छेको शारीरिक र मानसिक तनाव कम गर्न मद्धत गर्छ । बिहान यी जडीबुटीलाई सेवन गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले सहनशक्ति बढाउँछ

सहनशक्ति भनेको काम गर्ने हाम्रो क्षमता हो । जब हामी काम गर्छौं, तब हाम्रो क्षमता बिस्तारै कम हुँदै जान्छ । तर सहनशक्ति शारीरिक गतिविधि मात्र होइन । तनावग्रस्त दिमागले सहनशक्तिलाई गुमाउने गर्छ । यस्तो अवस्थामा, आयुर्वेदिक जडीबुटीहरू अश्वगन्धा, ब्राह्मी र शतावरी जब स्टामिना बढाउन प्रयोग गरिन्छ । यी जडीबुटीको सेवनले गर्दा मांसपेशीहरूमा अक्सिजनको आपूर्ति बढ्छ, जसका कारण थकित हुनुहुन्न ।

दैनिक खानामा धनिया, दालचिनी, जीरा र बदाम आदि समावेश गर्नुहोस् । सही अनुपातमा सेवन गर्नाले मान्छेको क्षमता बढाउने यो प्रभावकारी हुन्छ ।

आयुर्वेदले पाचनशक्ति बढाउँछ

यदि तपाईंको मेटाबोलिज्म उत्कृष्ट छ, तब तपाईं धेरै प्रयासबिना फिट रहन सक्नुहुन्छ वा यदि तपाईं फिट रहनको लागि धेरै व्यायाम गर्ने एवं र कडा डाइट लिने भन्दा आयुर्वेदबाट तौल घटाउन सकिन्छ । आयुर्वेदमा धेरै जडीबुटीहरूको बारेमा उल्लेख गरिएको छ । जसले मेटाबोलिज्म वृद्धि गर्ने काम गर्छन् । यसले शरीरमा बोसो कम गर्न पनि सहयोग गर्छ । साथसाथै दालचिनी जस्तो मसलाले शरीरमा फ्याक्ट सेलहरू गठन गर्नबाट रोक्न मद्धत गर्छ । यदि तपाईंको मेटाबोलिज्म कम छ भने खानामा जिरा, कालो खुर्सानी आदि समावेश गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले शरीरका कोशिका मर्मतमा सहयोग गर्छ

पुरातन आयुर्वेद विज्ञहरूले बलार्दको अवधारणाको बारेमा बताएका थिए। यसको मतलब शरीरले कडा परिश्रम पछि पनि आफ्नो शरीरको शक्ति ५० प्रतिशतसम्म बढाउँछ । आधुनिक फिटनेस विशेषज्ञहरूले पनि शरीरलाई पूर्ण रूपमा निको हुनको लागि जोरदार व्यायाम गर्न सल्लाह दिन्छन् । तिलको तेलले मसाज गर्ने जस्ता दुखाइ र पीडाबाट राहत पाउने परम्परागत विधिका लागि बेसार र अदुवा उपयोगी जडीबुटी हो । अश्वगन्धा मांसपेशीलाई बलियो बनाउन र पोषण दिनको लागि उपयोगी मानिन्छ । प्रोटिनयुक्त बिन्ससहित तपाईंको मांसपेशीहरू र आयुर्वेदको लागि मुँगको दाल पनि उपयोगी मानिन्छ । बदाम, केसर र घिउले तपाईंलाई पर्याप्त रूपबाट जीवन्त बनाउँछ र तपाईंलाई कडा र कठोर कसरत गर्दा पनि शरीरमा पुनः शक्ति प्राप्त गर्न मद्दत गर्छ । आयुर्वेद मांसपेशीको साथै हड्डीको स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

आयुर्वेदले राम्रो निद्रा दिलाउँछ

राम्रो निद्रा दिमागका लागि सधैं महत्वपूर्ण हुन्छ । जब तपाईंको शरीर आफैं निको हुन र मर्मत गर्न सक्षम हुन्छ, तपाईंको फिटनेस प्रणाली राम्रो निद्राको साथ सन्तुलित हुनुपर्छ । ब्राह्मी, शंखपुष्पी, सर्पगन्धा, वाच र अश्वगन्धा जडीबुटी आदि राम्रो निद्राको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईंको स्नायु प्रणालीलाई आराम दिन मद्धत गर्छ । मानसिक थकान कम गर्न र तपाईंको मस्तिष्कमा शान्त प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्