Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा कोरोना आक्रामक



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको संक्रमण निकै आक्रामक बन्दै गएको छ । भारतमा शनिबार एकैदिन १ लाख ५२ हजार ६ सय ८२ जना संक्रमित भए । दोस्रो लहर शुरुभएपछिको यति धेरै संक्रमित पहिचान भएको यो पहिलो घटना हो । संक्रमित व्यक्तिमध्ये ८३८ जनाको निधन भएको छ ।

दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।

रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्