Logo
|
Friday 29th March 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानमा ४ हजार २ सय ८९ वटा पीसीआर र ४ सय ५१ वटा एन्टिजोन परीक्षण गर्दा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा ४ हजार ५६ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये ३ हजार ५ सय ९९ जना होम आइसोलेशनमा रहरेका छन् । त्यस्तै, ४ सय ५७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जनामा कोरोना पुष्टि भएको हो, भने ४ सय ५१ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा १२९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्