Logo
|
Friday 26th April 2024
Logo

epaper

किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?



जनस्वास्थ्य सरोकार । विस्तारै तर निश्चत रुपमा विश्वभर खोप लगाइने छ । मानिसहरु प्रभावकारिताको दरले गर्दा अलमलिएको जस्तो देखिन्छन । ९९ प्रतिशत प्रभावकारी देखिएको खोप ६६ प्रतिशत प्रभावकारी देखिएको भन्दा राम्रो हो भन्ने सोच्नु सामान्य हो । प्रयोग भइरहेका सबैखाले खोपमध्ये कुन खोप सबैभन्दा राम्रो हो त ?
युनिभर्सिटी अफ वासिङटन भ्याक्सिनोलोजिष्टका माइक्रोबायलोजी प्राध्यापक डा. डेबोरा फुलरको भनाई उहाँकै शव्दमा:
सबैभन्दा राम्रो खोप त्यही हो जुन तपाईले लगाउन पाउनुहुन्छ । वास्तवमा खोपलाई त्यसरी तुलना गर्न सकिन्न । ती अंकहरु फरक फरक अवस्थामा आएका हुन् । उदाहरणका लागि फाइजर र मोडेर्नाको खोप भाइरसको पहिलो प्रजाति भएका बेला परीक्षण भएको थियो । यो परीक्षण गर्दा संक्रमितको संख्या धेरै थिएन । तर जोनसन एण्ड जोनसन र एस्ट्राजेनेका खोपहरु दक्षिण अफ्रिका सहित अन्य भौगोलिक क्षेत्रमा परीक्षण गरियो । जहाँ नयाँ प्रजातिका भाइरस देखा परिरहेका थिए र संक्रमित जनसंख्या पनि धेरै थियो । त्यसैले भाइरसबाट बचाउन खोपका लागि उच्च मापदण्ड तोकियो । खोपहरुलाई तुलना गर्नका लागि एकै समय एकै मानिस र एउटै भूगोलमा परीक्षण गर्नुपर्छ ।

सबैभन्दा महत्वपुर्ण कुरा सबै खोप उत्कृष्ट छन् । खोपहरु तपाइलाई रोगबाट बचाउन बनाइएका हुन् । खोप लगाएपछि यदि भाइरसबाट संक्रमित भएपनि अधिकांश मानिसले थाहा नै पाउदैनन् । किनकी उनीहरुमा रोगको लक्षण देखा पर्दैन । र देखिएपनि ती सामान्यखाले हुन्छ ।

यी सबै खोपहरुले गम्भिर अवस्था र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट सतप्रतिशत जोगाउने बताएका छन । जुन अतभुतपुर्ण हो । यो दौडका लागि लगाउने जुत्ता जस्तो हो । जुन जुत्ता लगाएपनि तपाई एक माइल दुरी डौड्न सक्नुहुन्छ । जुनसुकै खोप लगाएपनि तिनले तपाइलाई जटिल अवस्था आउन दिँदैन । बिबिसी

प्रतिक्रिया दिनुहोस्