Logo
|
Thursday 16th January 2025
Logo

epaper

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए एकसाता विद्यालय बन्द गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महानगरले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड १९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने र सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नुरगराउन हुन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्