Logo
|
Tuesday 7th May 2024
Logo

epaper

महिलामा निःसन्तानको कारण



डा. सबिना सिंखडा, कन्सल्ट्यान्ट आईभिएफ स्पेशलिष्ट

जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिलाहरुमा डिम्बबाहिनी नली बन्द भएका कारण बच्चा नहुने ठूलो समस्या छ । महिलाको डिम्बसँग पुरुषको शुक्रकीटको मिलन भएपछि मात्र डिम्बबाहिनी नलीमा बच्चा बन्छ । त्यसपछि सर्दै बच्चा पाठेघरमा आउँछ । तर यस्तो ट्यूब बन्द भएको अवस्थामा आक्कलझुक्कल डिम्बबाहिनी नलीमा बच्चा बनेपनि पाठेघरमा आउन सक्दैन ।


गर्भाशयमा समस्याः यदि महिलाको गर्भाशयमा पोलिप्स, नियोप्लासिया, दागहरू, प्लेसेंटल आदि भएमा गर्भावस्थामा बाधा पु¥याउन सक्छ । यसले गर्भपातको जोखिम बढाउँदछ । केहि अवस्थाहरूमा ग्रीवाले बलगम उत्पादन गर्दछ, शुक्राणु ग्रीवाको माध्यमबाट गर्भाशयमा यात्रा गर्दछ ।
इन्ड्रोमेट्रियोसिस (पाठेघरमा संक्रमण): एन्डोमेट्रियोसिस गर्भाशयमा हुने एक प्रकारको समस्या हो । जसमा एन्डोमेट्रियल टिश्यूहरू असामान्य बढ्न थाल्छन् र गर्भाशयबाट बाहिर फैलिन्छन् । कहिलेकाँही एन्डोमेट्रियम लेयर डिम्बमा अर्थात् ओवरी, आन्द्रा र अन्य प्रजनन अंग जस्तै गर्भाशयको बाहिरी सतहमा पनि विस्तार हुन्छन् । एन्डोमेट्रियोसिसले फेलोपियन ट्युब, अण्डाशय, लिम्फ नोड्स, र पेरिटोनियमलाई असर गर्न सक्छ । सामान्यतया गर्भाशयमा रहेको एन्डोमेट्रियल टिश्यू महिनावारीको समयमा उत्सर्जित हुन्छ, तर यो अर्को अंगमा हुँदा बाहिर आउँदैन । यदि तिनीहरू ठूला भएमा शरीरको कार्यप्रणालीमा प्रभावित गर्छ । यो समस्या कुनै संक्रमणको कारणले हुने होइन । यो त शरीरको आन्तरिक प्रणालीमा अभावको कारण हो ।

इन्डोमेन्ट्रियोसिस हुँदा महिनावारीको समयमा पेल्विसमा गम्भीर दुखाइ हुन्छ । यसमा महिलालाई मांसपेशीहरू तन्काउन गाह्रो हुन्छ । महिनावारीको अवधिमा सामान्य भन्दा बढी रक्तस्राव हुन्छ । अत्यधिक थकान, चक्कर, कब्जियतको समस्या देखिनसक्छ । यौन सम्पर्क राख्दा योनीमा अधिक दुखाइ हुन्छ । निःसन्तानको समस्या हुनसक्छ । महिनाबारी नहुँदा पनि पेल्विसमा दुखाइ हुनसक्छ । पिसाब फेर्दा दुखाइ महसुस हुन्छ । जमेको रगतका कारण पेल्विसमा एन्डोमेट्रियल सिस्ट बन्छ । इन्ड्रोमेट्रियोसिस निःसन्तानको कारण बन्नसक्छ ।

नेशनल सेन्टर फ बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) द्धारा गरिएको अनुसन्धानले गर्भाधारण गर्नमा समस्या आउने २५ देखि ५० प्रतिशत महिलाहरुमा यो रोग फेला परेको छ । यसले महिलाको धेरै तरिकाले गर्भाधारण गर्ने क्षमतलाई असर गर्छ ।

ओभुलेशन डिसअर्डरः ओभुलेशन डिसअर्डरका कारण अण्डाशयमा समस्या तथा प्रजनन हर्मोन उत्पादनमा कमी आउँछ । यसले महिलामा असामान्य ओव्युलेसन वा ओव्युलेसनको कमी हुनसक्छ ।


पी.सी.ओ.एस. (पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम): पि.सि.ओ.एस. भन्नाले त्यो अवस्थालाई बुझाउँछ जहाँ अण्डाशयले असंख्य फोलिकल्स बनाउँदछ वा प्रत्येकमा अपरिपक्व अण्डा हुन्छ । यस स्थितिमा अण्डा फर्टिलाइजेसनद्धारा पनि परिपक्व हुन पाउँदैन ।

This image has an empty alt attribute; its file name is fertility-treatment-900x500-1-768x427.jpg

यौन संक्रमित रोग (एसटीडी) : असुरक्षित यौन सम्पर्कबाट फैलिने रोगहरूलाई यौन संक्रमित रोग (एसटिडी) भनिन्छ । जस्तोः गोनोरियाले फेलोपियन ट्युब सुन्निने वा दाग पैदा गराउनसक्छ । जसले शुक्राणु अण्डामा पुग्ने बाटो बन्द गरिदिन्छ र राम्रोसँग फर्टिलाईजेसन हुन पाउँदैन ।

मोटोपनाः अनियमित खानाले वजन बढ्ने र ओभुलेशन डिसअर्डरको समस्या देखिनसक्छ ।

लागू पदार्थको सेवनः अत्यधिक मात्रामा रक्सी वा लागू पदार्थको सेवन गर्नेहरुमा प्रजनन क्षमतामा कमी आउनसक्छ । साथै भ्रूण बन्नमा पनि असर गर्दछ ।
-अण्डाशयमा अण्डा नबन्ने वा थुप्रै स—साना डिम्ब बनेपनि नबढ्ने
-पाठेघरको नली पूरा बन्द हुने
-पाठेघरमा पिप या पानी जम्ने
-पाठेघर सानो वा पाठेघरको मुख ज्यादै सानो
-अण्डादानीमा विभिन्न समस्या
-हर्मोनल गडबडी
-पाठेघरको ट्यूमर
-यौन संक्रमित रोग
-पाठेघरको मुखको समस्या
-डिम्बबाहिनी नली सुन्निने
-समयमा डिम्ब नबन्ने
-पाठेघर बाक्लो हुने
-पाठेघरमा क्षयरोग

इडियोप्याथी (कारण नै पत्ता नलाग्ने) आदि ।

कन्ट्रासेप्टिभ पिल्स र निःसन्तानको सम्बन्ध
कन्ट्रासेप्टिभ पिल्स खाँदैमा भविष्यमा सन्तान नहुने भन्ने छैन । तर पछिल्लो समयमा धेरै कन्ट्रासेप्टिभ पिल्सको प्रयोगले महिलाहरुमा अण्डा उत्पादनमा संकुचन ल्याउन थालेको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुले देखाएका छन् । जहाँसम्म गर्भपतन गराइरहने कुरा छ यसमा दक्ष व्यक्तिबाट १—२ पटक गर्भपतन गराउँदैमा कुनै समस्या हुँदैन । तर पटक पटक गर्भपतन गराइरहने, राम्रो ठाउँमा गएर गर्भपतन नगराउने र विभिन्न जटिलता भएर फालोपियन ट्यूब बन्द भएमा निःसन्तानको समस्या आउनसक्छ । आफ्नो यौन साथीसँग नियमित गरिने यौन सम्बन्धले निःसन्तानमा कुनै समस्या पार्दैन । तर धेरै पुरुषसँग यौन सम्पर्क राख्नेहरुमा यौन संक्रमित रोगका कारण बच्चा नहुने समस्या आउनसक्छ ।

महिलामाथिको विकराल यातना
सन्तान नभएका महिलालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने, श्रीमानले दोस्रो विवाह गर्ने, सामाजिक शुभ—समारोहमा सहभागी नगराइने, महिलाको दोष देखाउने, अपमानित हुनुपर्ने बाध्यता छ । यसले महिलामा मानसिक समस्या आउनसक्छ । तनाव, पीडा, निराशा बढ्न थालेपछि कतिपय महिलाले घर छाड्ने गरेको पाइन्छ । तनाव झेल्न नसकेर कतिपयले आत्महत्यासमेत गर्ने गरेका छन् । कयौं महिलाहरु निःसन्तानको समस्याले श्रीमान एवं परिवारका अन्य सदस्यबाट हुने हिंसा सहन बाध्य छन् । बास र गाँस खोसिने डरले दैनिक यातना सहन विवस छन् ।

प्रतिक्रिया दिनुहोस्