Logo
|
Friday 26th April 2024
Logo

epaper

सेनालाई १ हजार शैयाको कोभिड अस्पताल बनाउन निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र प्रदेशमा गरी १ हजार शय्याका अस्थायी अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमनत्री ओलीले नागरिकको जीवन रक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभयो ।

ओलीले वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताउनुभयो ।

सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्