Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च, एकैदिन ७४४८ संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा थप ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ६० जना गरी थप ७ हजार ४ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै वितेको २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा गरी कुल ३ हजार ६६६ जना थपिएका छन ।

देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । आज २ हजार २१ जना कोरोनासंक्रमणमुक्त भएका छ ।

प्रतिक्रिया दिनुहोस्