Logo
|
Friday 26th April 2024
Logo

epaper

बागमती किनारमै जलाउन थालियो कोभिड संक्रमितका शव (फोटोफिचर)



This image has an empty alt attribute; its file name is IMG_4738.JPG

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ ।

विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भएकाले बाग्मती किनारमा नै शव जलाउन थालिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

 संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्