Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु, ७६६० जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरानाबाट ज्यान गुमाउनेको संख्या ३४१७ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ७७९, ललितपुरमा ५१३ र भक्तपुरमा ६०१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्