Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भारतमा कोरोना कहर: ४ लाख बढी नयाँ संक्रमित थपिए, झण्डै ४ हजारको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतमा कोरोना संक्रमणको दोस्रो लहरले यतिबेला भयावह अवस्था सिर्जना गरेको छ । बुधबार एकैदिनमा ४ लाख १२ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९८० जना संक्रमितले ज्यान गुमाएका छन् । उत्तर प्रदेश, कर्नाटक, हरियाणा, पञ्जाब, तमिलनाडू र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २।४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढिरहेका छन् ।

भारतमा पहिलो लहरमा संक्रमितको दैनिक संख्या एक लाख पार गरेको थिएन । अहिले दैनिक चार लाख संक्रमित थपिएका छन् । जसका कारण भारतमा अहिले पूरै स्वास्थ्य क्षेत्रमा भयावह अवस्था देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्