Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयको चेतावनी ! अक्सिजन सिलिन्डर भरेर राख्नेलाई कडा कारबाही



जनस्वास्थ्य सरोका, काठमाडौँ । कोभिड- १९ का संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिनज तथा अक्सिजन सिलिन्डर अझै पनि सरकारको निर्णय विपरित प्रयोग भइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ।


मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा धेरै अक्सिजन सिलिन्डरहरू खालि रहने र भरेर राखेको पाइएको बताउँदै अस्पताललाई उपलब्ध हुने गरी ती सिलिन्डर फिर्ता गर्न सम्पुर्ण उद्योग व्यवसायी र सरोकारवालालाई निर्देशन दिएको हो ।

कोभिड-१९का सङ्क्रमितको ज्यान जोगाउनका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर भरेर राखेको पाइएमा कडा कारबाही हुने समेत मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्