Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोभिड-१९ विरुद्धको रसियन खोप स्पुतनिक भी ल्याउन अनुमति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको रसियन खोप स्पुतनिक भी ल्याउन अनुमति दिएको छ ।
विभागले लोमस फर्मालाई खोप आयात गर्न अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिनुभयो ।
खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने उहाँको भनाई छ । लोमसले दुई डोज खोपका ३ हजार ४८५ रुपैयाँमा उपलव्ध गराउने बताएको छ । रुसी सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउन पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्