Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोनाबाट एकै घरका तीन दाजुभाइको मृत्यु, नेपालगञ्ज शोकमा



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा कोरोना सङ्क्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्