Logo
|
Thursday 25th April 2024
Logo

epaper

कवाड पसलबाट अक्सिजन सिलिन्डर संकलन



जनस्वास्थ्य सरोकार, काभ्रे । कोरोना संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन इलाका प्रहरी कार्यालय बनेपाले आफ्नो क्षेत्रमा सञ्चालित कवाड पसल, मोटर ग्यारेज लगायतका स्थानमा रहेका अक्सिजन सिलिण्डर संकलन गर्न सुरु गरेको छ ।

उत्पादित अक्सिजन सिलिण्डर अभावमा भर्न नसकिएपछि विभिन्न उपभोक्ताकोमा होल्ड भएका अक्सिजन सिलिण्डर संकलन थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो । पहिलो दिन एक सय सिलिण्डर संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

संकलित सिलिण्डरमा अक्सिजन भरेर तयारी अवस्थामा राख्ने प्रशासनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्