Logo
|
Friday 26th April 2024
Logo

epaper

बिएण्डसी अस्पतालले सञ्चालनमा ल्यायो कोरोना सङ्क्रमितका लागि २०० शैय्या



जनस्वास्थ्य सरोकार, बिर्तामोड । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शैय्या सञ्चालनमा ल्याएको छ ।

प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले शैय्या थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शैय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ-‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै शैय्या थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति , भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’

मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।

अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० शैय्या रहेको छ ।
विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्