Logo
|
Thursday 25th April 2024
Logo

epaper

आइतबार ८ हजार ८५० जना संक्रमित थपिए, ५२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौबिस घण्टामा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ ।
त्यसैगरी सोहि अवधिमा ४ हजार २२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्