Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल रेडियोलोजिष्ट संघको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रा.डा. हेन्सन खड्का चयन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
कोभिड १९ का कारण उत्पन्न बिशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिमको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का, उपाध्यक्षमा डा. अनामिका झा , महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरुमा डा. कल्पना राई , डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन हुनुभएको छ। त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहनु भएको छ।
निवर्तमान अध्यक्ष प्रा.डा.कार्कीले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रमुख निर्वाचन अधिकृत प्रा. डा. स्वयं प्रकाश पण्डित , निर्वाचन अधिकृत द्वय डा. सुजित कुमार झा र डा. सस्मिता तुलाधर सहितको निर्वाचन समितिले सफलता पुर्वक सम्पन्न गरेको निर्वाचनमा ९९.२५ सहभागिता रहेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्