Logo
|
Tuesday 16th April 2024
Logo

epaper

एसइई र कक्षा १२ को परीक्षा स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको परीक्षा बोर्डको बैठकले एसइई र कक्षा १२ को परिक्षा अर्को सूचना नआएसम्म स्थगित गरेको हो ।

अहिले कोरोना संक्रमणका कारण परीक्षा हुने अवस्था नरहेकाले अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले यस अघि नै जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका प्रकाशित गरिसकेको थियो ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइदेखि अन्य तयारि समेत पुरा भएको थियो ।

हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन् ।

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्