Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ट्रमा सेन्टर अब कोभिड अस्पताल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको छ । वीर अस्पताल अन्तर्गतको ट्रमा सेण्टरलाई कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले जनाएको छ ।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार ट्रमा सेन्टरका ६० वटा बेड कोभिड बिरामीका लागि प्रयोगमा ल्याईएका छन् । १२ वटा आइसीयू बेड मंगलबारबाट सञ्चालनमा आउनेछन् ।

हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्