Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

बंगलादेशबाट २१ हजार भन्दा बढी रेम्डिसिभर भोलि नेपाल आउँदै

सम्भव त भोलि नै वितरण हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ बिरामीको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधि भोलि २१ हजार ८ सय भाइल नेपाल आउँदैछ ।

हिमालयन एअरलाइन्सको बिमान चार्टर्ड गरेर बंगलादेशको इन्सेप्टा कम्पनिको २० हजार र विकोन फर्मास्युटिकल्सको १ हजार ८ सय भाइल गरी २१ हजार ८ सय भाइल रेम्डिसिभिर ल्याउन लागिएको आयान हेल्थ केयर प्रा.लि. ले जानकारी गराएको छ ।

रेम्डिसिभिर औषधि लिन मंगलबार १.०० बजे हिमालयन एअरलाइन्सको चार्टर्ड बिमान बंगलादेश जाने र औषधि लिएर भोलि ४ बजे नेपाल फर्किदै छ । यदि भन्सार छुटाउन सकिएमा भोलि नै रेम्डिसिभिर औषधि वितरण हुने जानकारी दिइएको छ ।

यसअघि बैशाख २१ गते व्याक्सिमो फर्मास्युटिकल्स को उत्पादन ३ हजार भाइल हाम्रो मेडि कन्सर्न प्रा.लि. ले र २२ गते आयान हेल्थ केयर प्रा.लि.ले इन्सेप्टा कम्पनिको ४ हजार भाइल गरी जम्मा ७ हजार भाइल रेम्डिसिभिर मुलुकमा भित्र्याएका थिए । तर अधिकांश अस्पतालहरुमा कोभिडका बिरामीहरुको अत्यधिक चाप भएकाले रेम्डिसिभिरको माग निकै बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्