Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ । अब १५ दिन थप भएपछि निषेधाज्ञा आगामी जेठ १२ सम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्