सरकारले तोक्यो उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा, कुन अस्पताललाई कति ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुमा अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको हो । तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आजै एक सूचना निकालेर ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ जानकारी गराएको थियो ।
Oxygen-Distribution-Order-1