Logo
|
Sunday 13th June 2021
E-paper Magazine

कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु, थप ९ हजार ४८३ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार एकैदिन २२५ जनाको मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

हाल देशभर ९७ हजार ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्