Logo
|
Friday 26th April 2024
Logo

epaper

जेठ २ गते देखि भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ गएर लगाउने खोप ? (सुचना सहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा आगामी जेठ २ गतेबाट सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गते बसेको बैठकले गरेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द, काठमाडौंको बैशाख २५ गते बसेको बैठकको निर्णय अनुसार भेरोसेल खोपको दोस्रो चरण आगामी जेठ २ गतेदेखि सञ्चालन गर्न लागिएको हो ।

‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ। 

यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड  पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस्