Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, ९३०५ नयाँ संक्रमित थपिए, १६८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण र ४२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट १६८ जनाले ज्यान गुमाएका छन । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन । हाल देशभर सक्रिय करोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्