Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना दैनिक अपडेटः बिहीबार ८९६० संक्रमित, २१४ को मृत्यु, ५०५५ निको भए



जनस्वास्थ्य सरोकार, काठमाडौं नेपालमा बिहिबार २४ घण्टाको बीचमा ८,९६० जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टीजेन नमुना परीक्षण गर्दा ८,९६० संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा २१४ जनाको कोराना कारण मृत्यु र ५०५५ जना निको भएको जनाएको । अहिलेसम्म निको हुने प्रतिशत प्रतिशत ७४.५७ छ भने संक्रमण दर १५.९ प्रतिशत रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।


अब मुलुकमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार पुगेको छ । हालसम्म ४ हजार ४६६ को मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्