Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मेडिकल अक्सिजन सहजीकरणबारे स्वास्थ्य मन्त्रालयको निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापना गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपुर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
यसका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाईन मोबाइल सेवा तथा [email protected] मा सम्पर्क गर्नुपर्ने र आवश्यकताको आधारमा मेडिकल अक्सिजन व्यवस्था गर्ने सचिवस्तरिय निर्णय भएको मन्त्रालयले जनाएको छ ।
टिम क मा डा. प्रकाशप्रसाद शाह प्रमुख स्वास्थ्य प्रशासक, महेश पाण्डे उप-सचिव, डा. सुवास राउत मेडिकल अफिसर र टिम ख मा डा. रोशन न्यौपाने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, सानुबाबु अधिकारी उप-सचिव, डा. प्रधुम्मन चौहान मेडिकल अफिसरको व्यवस्था मिलाएको छ ।
हेर्नुहोस् विज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्