चिनियाँ अनुदानमा प्राप्त दोस्रो खेपको ४ सय थान सिलिन्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर भोलि आउने
सामान लिन नेपाल एअरलाइन्सको वाइडबडीआज बेइजिङ जाँदै
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त भएका अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज दोस्रो खेप आज बेलुका बेइजिङ जानेभएको छ ।
जहाजले करिब ४ सय थान सिलिन्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री ल्याउने छ । यस अघि वैशाख २७ गते गएको पहिलो खेपमा नेपाल एयरलाइन्सले चिनिया अनुदानका चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर र, १० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री २८ गते काठमाडौं ल्याएको थियो ।