Logo
|
Saturday 20th April 2024
Logo

epaper

दैनिक कोरोना अपडेटः शनिबार ८,१६७ संक्रमित, निको ५,४५५, मृत्यु १८७



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१८ हजार ५ सय ४८ वटा ( पीसीआर १७९७१ र एन्टिजेन ५७७) नमुना परीक्षण गर्दा ८, १६७ कोरोना भाइरस फेला परेका हुन् ।

२४ घण्टामा शनिबार १ सय ८७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ५५ जना निको भएका छन् । हालसम्म मुलुकमा कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ भने ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।
सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्