Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोभिडविरुद्ध सहयोग जुटाउन नेपाली राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिनुभएको परराष्ट मन्त्रालयले जनाएको छ ।

महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उहाँले निर्देशन दिनुभयो ।

सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्