Logo
|
Friday 26th April 2024
Logo

epaper

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.आइएल आचार्यको स्टार हस्पिटलमा निधन

पेट तथा कलेजो रोग उपचारमा पुर्याएको योगदान अतुलनीय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.आइएल आचार्यको निधन भएको छ ।

ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचारका क्रममा बिहान करिब ३ बजेतिर कोरोना संक्रमणपश्चात् उत्पन्न जटिलता (मुटु बन्द) का कारण उहाँको निधन भएको हो ।

कोरोना संक्रमणका कारण डा. आचार्य वैशाख १८ गतेदेखि हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । वैशाख २९ गते कोभिड नेगेटिभ आएपछि उहाँलाई अस्पतालको सामान्य आईसियूमा सारिएको थियो ।

डा. आचार्यको स्वास्थ्यमा सुधार भइरहेकोमा हिजो एक्कासी अवस्था नाजुक भएपछि भेन्टिलेटरमा हाइफ्लो अक्सिजनमा राखिएको र अथक प्रयास गर्दागर्दै पनि बिहान ३ बजेतिर निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले जानकारी दिनुभयो ।


८३ बर्षीय डा. आचार्य २०३५ सालदेखि निरन्तर रुपमा पेट तथा कलेजो रोगको उपचारमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले पेट तथा कलेजो रोग उपचारमा पुर्याएको योगदान अतुलनीय छ । डा. आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्