Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भारतले बनायो एन्टी कोभिड औषधि ‘२ डिओक्सि–डी–ग्लुकोज’



जनस्वास्थ्य सरोकार । भारतले बनाएको कोभिड १९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि सार्वजनिक गरिएको छ । उक्त औषधि भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले विकास गरेको हो । भारतीय केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्धनले आज संयुक्त रुपमा सो औषधि सार्वजनिक गर्नुभयो ।

‘२ डिओक्सि–डी–ग्लुकोज’ को दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताइएको छ ।

सो औषधि चक्की वा झोलमा विकास नभई धुलोको रुपमा निर्माण गरिएको छ । चिकित्सकका अनुसार २ डिओक्सि–डी–ग्लुकोज धुलोलाई पानीमा घोलेर खानुपर्ने हुन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दोस्रो लहरबाट आक्रान्त बनेको भारतमा २ डिओक्सि–डी–ग्लुकोजले कोरोनाविरुद्ध लड्न सहयोग गर्ने विश्वास गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्