Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर ९२४७ नयाँ संक्रमित थपिए, २१४ जनाको मृत्यु, ५७६७ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा २१४ जना कोरोना संक्रमितको निधन भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा ५ हजार ७६७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्