Logo
|
Friday 26th April 2024
Logo

epaper

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई काठमाडौं विश्वविद्यालयको सिफारिश (पत्रसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) ले चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

काठमाडौं विश्वविद्यालयको ८९ औं बैठकले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले गत वैशाख २२ देखि २६ गतेसम्म गरेको निरीक्षण गरेबमोजिम कलेजलाई सम्बन्ध दिन सकिने निष्कर्ष निकालेको हो ।


निरीक्षण प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) बमोजिम विश्वविद्यालयले सम्बन्धनका लागि सहमति दिने र सीट संख्या सहित स्वीकृतिका लागि आवश्यक निर्णय गर्न आयोगलाई भनिएको छ । केयु कार्यकारी परिषद्को मिति २०७८ वैशाख ३१ गते सम्पन्न ६२५ औं बैठकले सो निर्णय गरेको हो

प्रतिक्रिया दिनुहोस्